१२ मंसिर २०८३, शुक्रबार

दरगाह ए आला हजरतमा भयो निबन्ध प्रतियोगिता ।

एसीपी संवाददाता

१६ माघ २०७९, सोमबार ११:५५ मा प्रकाशित

बरेली  – भारत  , दरगाह ए आला हजरत मरकज ए अहले सुन्नतमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । भारतीय स्वतन्त्रता सेनानी हकीम अजमल खानको देशभक्ती र योगदान माथी निबन्ध प्रतियोगिता आयोजना गरिएको हो । सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र बरेली शरीफमा आला हजरतद्वारा स्थापित गरिएको मदरसा मञ्जरे ईस्लाममा प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा करीब ७० जना बिद्यार्थीहरुले सहभागीता जनाए ।

जसमा मदरसा मञ्जरे ईस्लामको मोहम्मद फैज प्ररथम भएका छन् भने दोस्रो स्थान मदरसा ईस्लामियाको विद्यार्थी मोहम्मद अलीम र तेस्रो स्थान मदरसा मञ्जरे ईस्लाम कै विद्यार्थी उवैस रजा भएका हुन् । प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई आला हजरतको पुस्तक पुरस्कार स्वरुप प्रदान गरियो ।

दरगाह ए आला हजरतको सचीव तथा मदरसा मञ्जरे ईस्लामको अध्यापक मोहम्मद सलीम नूरीले भने, उक्त प्रतियोगिता स्वतन्त्रता सेनानीहरुको सम्झना र विद्यार्थीहरुको शैक्षिक विकासमा बढावा दिनलाई आयोजना गरिएको हो । स्वतन्त्रता सेनानी हकीम अजमल खानले भारतीय स्वतन्त्रताको लागि ठुलो योगदान गरेका हुन् । उनले सम्प्रदायिक सौहार्द र राष्ट्र स्तरमा शान्ति स्थापना गर्न गरेको योगदानलाई विद्यार्थीहरु बीच ज्ञात गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । मुस्लिम समुदायको आधुनिक शिक्षा र विकासका निम्ति यस्तो प्रतियोगिताहरु आवश्यक रहेको सलीम नूरीले बताए । उनले भने हकीम अजमल भारतीय युनानी चिकित्सक , बहुमुखी प्रतिभा , महान विद्वान, समाज सुधारक , युनानी चिकित्सा पद्धतिको बैज्ञानिक अनुसन्धान कर्ता थिए ।

त्यस्तै अतिथिको रूपमा पाल्नु भएका मुफ्ती अख्तर र मुफ्ती मोइनुद्दीनए भने , सन् १९१७ मा मुस्लिम लीग छोडेपछी महात्मा गाँधिसंग उनको आत्मीय मित्रता थियो । हकीम अजमल भारतीय राष्ट्रिय काङ्ग्रेसबाट १९१८ मा दिल्ली सत्रमा अध्यक्ष समेत भएका हुन् । राष्ट्र प्रती उनको प्रेमलाई देखेर ब्रीटिस सरकारले उनलाई हाजिकुल-मुल्क र कैसर-ए-हिन्दजस्तो उपाधिबाट सम्मान गर्न खोज्दा उनले अस्वीकार गरे । १९२१ मा उनले भारतीय राष्ट्रिय काङ्ग्रेसबाट जामिया मिलियामा एउटा सत्र बीच अध्यक्षता समेत गरे । उनले राष्ट्र प्रतिको प्रेमलाई बढावा दिनुको साथै बैज्ञानिक शिक्षा प्रति जागरुकता ल्याए । १९२४ मा आफ्नै घरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिन्दु मुस्लिम समुदाय बीच शान्ति सौहार्द र मानवता युक्त समाज निर्माणका लागि प्रेरित गरेका थिए ।

१९२५ मा उनको स्वस्थ अवस्था गम्भीर हुँदै जाँदा समेत १९२७ डिसेम्बर २९ सम्म आफ्नो अभियानलाई जारी रखे । अन्त्यमा उनको स्वस्थले साथ नदिएपछी १९२७ डिसेम्बर २९ मा उनको निधन भयो । सभामा प्रमुख अतिथिको रूपमा सहभागी भएका मास्टर कमालले भने कि वर्तमान समयमा भारतलाई हकीम हजमल खान जस्तो समाज सुधारक र बौद्धिक ब्यक्तिको खाँचो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x