३ असार २०८३, बुधबार
पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइँदै, सुरक्षा सतर्कता बढाइयो
विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको शव शानिबार विराटनगर ल्याइँदैछ ।
परिवारजनको सहमतिमा आन्दोलनरत पक्षले उनको शव शनिबार अन्तिम श्रद्धाञ्जलीका लागि विराटनगर ल्याउन लागेको हो । लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याउने भएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ । श्रद्धाञ्जलीका क्रममा ठूलो संख्यामा मानिसहरु भेला हुने अनुमान प्रहरीले गरेको छ ।
शनिबार दिउँसो प्रहरीले कोशीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटो हिँड्नसमेत सर्वसाधारणलाई रोक लगाएको छ ।
५ चैतमा आन्दोलनका क्रममा घाइते भएका लिम्बुको १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सरकारले उनलाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । अनलाइनखबर बाट
Subscribe
Login
0 Comments



