२ श्रावण २०८३, शनिबार

कांग्रेसका नेता शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीनलाई चुनौती

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ०५:४३ मा प्रकाशित

फाइल तरिुबर/ नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।

पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप खारेज गरेका छन् र नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।

शाहीले विज्ञप्तिमा लेखेका छन्, ‘स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमा समेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरु काल्पनिक नभइ तथ्यगत रहेका छन् ।’ सभार अनलाइनखबर

यस्तो छ, शाहीले प्रकाशित गरेको प्रेस विज्ञप्ति 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x