चीनबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएकोलाई सफाई दिन दबाव
ओम्नी कम्पनीलाई सफाई दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाटै दवाव दिन थालिएको छ ।
चिसिएको नेपाल–भारत सम्बन्ध; भारतिय विदेश सचिवको भ्रमणले थप बलियो हुने अपेक्षा
उच्च सरकारी स्रोतका अनुसार कोरोना संक्रमणका लागि औषधि खरिद प्रकरणमा मुछिएको ओम्नी कम्पनीलाई सफाई दिन विभिन्न प्रकृयाहरु अबलम्बन गर्न लागिएको पाइएको हो । भदौदेखि बेबारिसे बनेको सो मुद्धालाई टुंग्याउँदै ओम्नीलई सफाई दिनका लागि दवाव दिन थालिएको जनाइएको छ ।
स्रोतको दावी अनुसार भदौ ४ गतेपछि सर्वोच्च अदालतमा कुनै पनि पेशी नचढेको मुद्धालाई दुई दिन भित्र पेशी चढाएर केही दिनमै सफाई दिने तयारी गरेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओम्नीसँगको साँठगाँठ रहेको आरोप लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सफाई दिन लागिएको स्रोतको दावी छ ।
सो कम्पनीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल समेत मुछिएको र उनकै कारण ओली समेतलाई प्रचण्डले मुछेपछि सफाई दिने न्यायलयलाई दबाब दिइएको स्रोतको दावी छ ।
१२ चैत २०७६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलले कोरोनाभाइरसको संक्रमण रोकथाम नियन्त्रण र उपचारको लागि अत्यावश्यक औषधि, उपकरण र उपचारका सामग्री चीनबाट ल्याउन ओम्नीलाई दिने निर्णय भएको थियो ।
त्यसको दुई दिनपछि १४ चैतमा स्वास्थ्य सेवा विभागले ओम्नीसँग सम्झौता गरेको थियो । १६ चैतमा ओम्नीले केही सामान चीनबाट आपूर्ति गरे पनि सम्झौता बमोजिम सामान ल्याउन नसकेपछि स्वास्थ्य मन्त्रालयले सो कम्पनीको धरौटी जफत गर्ने निर्णय गरेको थियो ।
त्यति नै खेर स्वास्थ्य सामग्री आपूर्तिमा अनुभव नभएको कम्पनीलाई बालुवाटारसँग पहुँच पुर्याएका आधारमा अपारदर्शी रूपमा खरीदको जिम्मा दिइएको र त्यसक्रममा ठूलो आर्थिक चलखेल भएको भन्दै संचारमाध्यम सहित सार्वजनिक रूपमा विरोध भएपछि मन्त्रालयले कम्पनीसँगको सम्झौता खारेज गरी धरौटी जफत गर्ने निर्णय गरेको हो । नेपालपाना बाट



[…] चीनबाट कोरोना रोकथामका लागि स्वास्थ्… […]