अनलाइनमा कसैले नक्कली पहिचान प्रयोग गरी वास्तविक मित्रताको आभास गराउने वा तिनीहरूसँग प्रेममा रहेको महशुस गराउने कार्य नै क्याटफिसिङ हो । विकिपिडियामा यसको परिभाषा छ, ‘क्याटफिसिङ एक भ्रामक गतिविधि हो, जसमा एक व्यक्तिले सामाजिक सञ्जाल सेवामा काल्पनिक व्यक्तित्व वा नक्कली पहिचान सिर्जना गर्दछ। आफ्नो निहित आर्थिक लाभ तथा अन्य इच्छा पूर्तिका लागि जानी–जानी कसैलाई पिडित बनाउने काम हो।’
क्याटफिसरको शब्दमा विभिन्न परिभाषाहरू छन्, जसमध्ये एउटाले धोखाधडी गर्न अनलाइन डेटिङ साइट प्रयोग गर्ने व्यक्तिलाई जनाउँछ। क्याटफिसरको लक्ष्य भनेको साइटमा मानिसहरूसँग सम्बन्ध स्थापना गरेर आर्थिक तथा अन्य लाभ हासिल गर्नु हो।
एकचोटी तपाईंले क्याटफिसरलाई विश्वास गर्नुभयो भने तिनीहरूले निम्न कुराहरु गर्छन् :
- तपाईंका गोप्य कुराहरू अनलाइन साझा गरेर वा अरूलाई खुलासा गरेर तपाईंलाई लज्जित, अपमानित वा अप्ठ्यारो पार्न सक्छन्।
- उनीहरूलाई पैसा पठाउनको लागि बाध्य पार्न सक्छन्।
- तपाईंलाई नग्न भिडियो वा म्यासेज पठाउन वा अनलाइन यौन सम्पर्कका लागि दबाब दिन सक्छन्।
- नग्न वा अन्तरंग तस्बिर वा भिडियोहरू मा तपाईंलाई ब्ल्याकमेल गर्न सक्छन्।
- तपाईंले उनीहरूसँग सेयर गर्नुभएको जानकारी प्रयोग गरेर तपाईंका अनलाइन तथा सामाजिक सञ्जाल अकाउन्टका आइडी ह्याक गर्न सक्छन्।
क्याटफिसिङ सामान्यतया धेरै चरणहरूमा हुन्छ
क्याटफिसरले नक्कली खाता बनाउँछ : उनीहरुले आफ्नो नक्कली पृष्ठभूमि कथा बनाउँछन् र नक्कली फोटोहरू, विद्यालयहरू, जागिरहरू र साथीहरू समावेश गर्दछन्। उनीहरुले एक आम व्यक्ति भएको बहाना गर्न सक्छन् र दाबी गर्न सक्छन् कि उनीहरूलाई तपाईंलाई जस्तै सबै चिजहरू मनपर्छ । त्यसैले तपाईं तिनीहरू तपाईंको सही साथी हुनसक्ने भ्रममा पर्नुहुन्छ । कतिपय अवस्थामा तिनीहरूले वास्तविक व्यक्तिको खाताको प्रतिरूपण वा ह्याक पनि गर्छन् र आफू भएको त्यही व्यक्ति भएको बहाना गर्छन्। तिनीहरू साँच्चै राम्रो देखिने वा प्रसिद्ध व्यक्ति भएको बहाना गर्न सक्छन्।
उनीहरूले विभिन्न तस्विरहरू पठाउँछन्, जुन उनीहरूले आफू भएको दाबी गर्छन् । तर तपाईंलाई कसरी थाहा हुन्छ? सामान्यतया तिनीहरूले भिडियो च्याटमा आफूलाई नदेखाउनको लागि बहाना गर्छन्, जस्तै उनीहरूको क्यामेरा फुटेको छ वा अरू केही भन्न सक्छन्।
उनीहरूले तपाईंलाई धेरै प्रशंसा, स्नेह र उपहारहरू पनि दिएर चाप्लुसी गर्न सक्छन्।् तपाईं सोच्नुहुन्छ कि तिनीहरू साँच्चै तपाईंको ख्याल राख्छन्, र तिनीहरूले तपाईंलाई आफ्नोपनको महसुस गराउँछन् । त्यसैले तपाईं तिनीहरूलाई खुसी बनाउन चाहनुहुन्छ।
जब तपाईं तिनीहरूलाई विश्वास गर्नुहुन्छ, तिनीहरूले तपाईंलाई केहि माग्छन्। तिनीहरूले तपाईंबाट चाहन्छन् कि,
- तिनीहरूलाई आफ्नो रहस्य बताउनुहोस्
- व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी साझा गर्नुहोस्, जस्तै तपाईंको जन्ममिति, घरको ठेगाना र तपाईंको परिवारको विवरणहरू
- तिनीहरूलाई एक सहयो गगर्नुहोस्
- सापटी वा तिनीहरूलाई पैसा वा क्रिप्टो करेन्सी दिनुहोस्
- पैसा पठाउन वा वस्तु प्रदान गर्नहोस र यसलाई अरू कसैलाई पठाउनुहोस्
- उनीहरूलाई नग्न जस्ता अन्तरंग तस्बिर वा भिडियो पठाउनुहोस्
- भिडियो च्याटमा यौन सम्पर्क गर्नुहोस्, यद्यपि तपाईं तिनीहरूलाई क्यामेरामा देख्न सक्नुहुन्न।
क्याटफिसरको जालमा परेको कसरी थाहा पाउने ?
यहाँ केही संकेतहरू छन्, जुन तपाईं क्याटफिसरको जालमा परिरहेको थाहा हुन सक्छ । क्याटफिसरहरूको अनगिन्ती कथाहरू अनलाइन फेला पार्न सकिन्छ, र परिस्थितिहरू सबैका फरक हुन सक्छन्। अपेक्षित चेतावनी संकेतहरू यसप्रकार छन् :
तपाईंले पढ्नुभएको धेरैजसो क्याटफिसिङको कथाहरूले प्रस्तुत गर्नेछ कि एक व्यक्ति कति कसरी चाँडै उनीहरूको सम्भावित सिकारमा आउनेछ। यदि, पहिलो केही सन्देशको आदानप्रदानहरूमा, व्यक्तिले तपाईंलाई नभेटे पनि सम्बन्धलाई द्रुत गतिमा अगाडि बढाएको जस्तो देखिन्छ भने, तपाईं सम्भवतः क्याटफिसिङमा पर्दै हुनुहुन्छ।
उनीहरु कहिल्यै आफ्नो अनुहार देखाउन चाहँदैनन्। तिनीहरु सम्बन्धमा गम्भीर देखिन्छन्, तर लिखित सञ्चार वा फोन कलहरू जारी राख्न चाहन्छन् (वा, त्यसैगरी, तिनीहरू प्रायः व्यक्तिगत रूपमा भेटघाट गर्ने विषयमा छलफल गर्छन् तर बारम्बार बहाना बनाएर पन्छिरहन्छन्), त्यहाँ तिनीहरू आफ्नो वास्तविक पहिचान लुकाउन खोजिराको संकेत मिल्छ । यदि उनीहरू भिडियो च्याटमा उनीहरू कस्तो देखिन्छन् भनेर देखाउन सक्दैनन् । उनीहरूको क्यामेराले काम नगरिरहेको बहाना बनाउँछन् भने तिनीहरू प्रायः क्याटफिसर हुन्।
सुझावः यदि तपाईं दुवै जना साँच्चै चासो राख्नुहुन्छ भने, पहिलो हप्ताभित्र नै भेटेर कुराकानी गर्न भन्नुहोस् । जसले तिनीहरूको वास्तविक अनुहार देखाउनेछ। यदि तिनीहरूले अस्वीकार गरे, अनेक बहानाहरू गर्छन्, वा कहिल्यै प्रतिक्रिया गर्दैनन् भने तपाईं टाढिनुहो। खुशी हुनुहोस् कि तपाईंले आफ्नो समय र आफूलाई पीडाबाट बचाउनुभयो। नेपाललाईभ