१७ असार २०८३, बुधबार

अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

एसीपी संवाददाता

२९ भाद्र २०८१, शनिबार ०७:३० मा प्रकाशित

काठमाडौँ- अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीको गैडाकोटी नगरपालिका-४ घर भएका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङको बाग्लुङ नगरपालिका-४ घर भएका २० वर्षीय आयुष शर्मा छन् ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँको मनमैजुबाट २६ भदौमा शर्मालाई र सोही दिन ठमेलबाट रिमाललाई पक्राउ परेको हो ।

पक्राउ परेकाहरू विरुद्ध अभौतिक मुद्राको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x