११ असार २०८३, बिहीबार

मजलिस तहफुज खत्तमे नबुवत’ को एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

६ असार २०८२, शुक्रबार १०:५७ मा प्रकाशित

रौतहटको लक्ष्मीनिया स्थित इसनाथ नगरपालिकामा ‘मजलिस तहफुज खत्तमे नबुवत’ को एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

रौतहटको इसनाथ नगरपालिका अन्तर्गत लक्ष्मीनिया गाउँमा आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रममा भारतको सुप्रसिद्ध इस्लामिक संस्था दारुल उलुम देवबन्द बाट आएका आल हिन्द सादर मौलाना साह आलम गोरखपरी प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। उनले आफ्नो सम्बोधनमा पटक–पटक मौलाना वकिल अहमद हुसैनीको योगदानको उच्च प्रशंसा गरे।

उनले भने, “मौलाना वकिल अहमद हुसैनी नेपाल तहफुज खत्तमे नबुवतका सादर हुन्। उनी विगत 30/35 वर्षदेखि निरन्तर रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।”

यस अवसरमा उनले थप बताए कि, जमेयत उल्माए नेपालका साबिक सदर अल-हाज मौलाना अब्दुल अजिज सिद्दीकीको निधन पश्चात, सो पदको लागि सबैभन्दा योग्य व्यक्ति मौलाना वकिल अहमद हुसैनी नै हुन्।

मौलाना वकिल अहमद हुसैनीले नेपालको मुस्लिम समुदायको हितका लागि धेरैजसो इस्लामिक संस्थाहरूको स्थापना र नेतृत्वमा महत्वपूर्ण भूमिका खेलेका छन्। उनी नेपालमा मुस्लिम संगठन खडा गर्ने अगुवाहरू मध्ये एक हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x