१२ भाद्र २०८३, शुक्रबार

देउवा लाई पुन सभापति हुन उक्साउदै ओम आचार्य

एसीपी संवाददाता

१३ भाद्र २०८२, शुक्रबार २०:२६ मा प्रकाशित

काठमाडौं –  नेपाली काग्रेस संस्थापन भित्रका देउवा का अति निकट र विस्वास पात्रबाट विधान संसोधन गरेर भएपनि पुन सभापतिमा देउवालाइ उम्मेदवार हुन उक्साइ रहेका छन ! ति विस्वास पात्रले देउवाको शाररिक अवस्था र उमेर विर्सेका हुन ? या देउवा स्वयको आफ्नो रुचि मार्फत बाट उदघाटित गर्नु भएको हो ! अहिले काग्रेस संगठानिक हिसावले अत्यन्त कमजोर छ! काग्रेस भित्र अहिले संगठनको लागी भन्दा पनि एक अर्कालाइ समाप्त गर्ने रणनितिमा काग्रेस नै लागेका छन ! अहिलेको गठवन्धन सरकार निर्माणमा काग्रेसको प्रमुख भुमिका र सरकार निर्माणको जग नै काग्रेस भएको हुदा सरकारबाट भएका निर्णय र सरकारको क्रिया कलाप र प्रवृति ले काग्रेस अझ कमजोर र जनमानसमा लोकप्रियता खस्कन्दो छ।

अहिले काग्रेस भित्र पनि स्वय काग्रेस हु भन्न हिचक्चाउने अवस्था आएको छ ! अहिले काग्रेस भन्दा पनि आफुलाइ democrat भन्न रुचाउनेको संख्या बडदो छ !आखिर यस्तो भयो किन ?यो प्रस्न गम्भिर छ! एक समय वि पी ले भन्नु भएको थियो काग्रेस हुनु नहुनु आफ्नो ठाउमा छ तर पहिला democrat वन्नुस भन्नु भएको अहिले सम्झना आउछ ! जति खेर वि पी ले सो कुरा भन्नु भयो अहिले काग्रेसको सांगठनिक अवस्था त्यतिखेर कै जस्तो छ ! काग्रेस सांगठनिक अवस्थाले त्यतिनै पछाडी छ! अहिले काग्रेस वनाउनु भन्दा democrat वनाउनु काग्रेस भित्र जरुरी देखिएको छ ।  देउवालाई सभापति बन्न उक्साउने हरु बाट  काग्रेस मा रुपान्तरण र पुस्तान्तरण हुदै हुदैन र संगठनमा वलियो पनि हदैन न ! यस्तो सल्लाहले काग्रेस त वन्दैन र democrat हु भन्नेहरुलाइ पनि निशाश वनाउछ

देउवा समुह भित्रै लडाई

देउवा समुह भित्र सभापतिका लागी थुप्रै आंकाक्षी छन ! डा. शशांक , पुर्ण बाहादुर खड्का , गगन थापा, कृष्ण सिटौला , प्रकाशमान सिंह , विमलेन्द्र निधी लगायत का छन ! यही समुह भित्र पनि एक अर्काका विरोधी र प्रतिस्पर्धी छन ! यिनिहरुबाट पटक पटक सभापति देउवालाइ सस्थापन बाट सभापति को भन्ने दवाब पनि दिदै आएका छन ! देउवा यस्मा नवोल्नु ले यिनिहरु भित्रै संसय पैदा गरेको छ ! यही संसयले नै यौटा समुह विधान संसोधन गरेर पुन सभापती हुन उक्साएर देउवालाइ पनि भ्रमित र द्विविधामा मात्रै पारेको छैन सम्पुर्ण काग्रेसको भविस्य अन्धकारमा धकल्दै छन !

काग्रेस चिनाउदै डा. शेखर

अहिले मुलुकमा काग्रेसको उपस्थिति छ भने त्यो डा. शेखरबाट देखिन्दै छ ! पाटी भित्र होस या बाहिर काग्रेस सम्मिलित सरकार कै किन नहोस उनले त्याहा भित्रको विसंगती लाइ चोर औला देखाएर खबरदारी गर्दैछन ! काग्रेसको पदाधिकारीमा छैन तर पनि कांग्रेस भित्र उ बराबर जिल्ला दौडाहा गर्ने कोही छैनन !डा. शेखरको जिल्ला दौडाले काग्रेस भित्र रौनक  चहल पहल केही आशा त जगाएकै छ !

शेखरले “सत्य बोल्नुस”भनिरहदा काग्रेसको वर्तमान अवस्थालाइ संकेत गरेर नै भनेका हुन ! वि पी ले नेतृत्व तहले गलत गर्दा पनि टुलु टुलु हेरेर वस्नु कि चरम अवसरबादी हुन कि दास प्रवृती हो भन्दा डा. शेखरले सत्य वोल्नुस भनेको पनि त्यही हो ! अहिले काग्रेस भित्र अवसरबादी र दास प्रवृती झांगिन्दै गएको छ!

यस्को ज्वलन्त उदाहरण विधान संसोधन गरेर भएपनि देउवालाई पुन सभापतीमा उक्साउनु हो !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x