११ भाद्र २०८३, बिहीबार

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल द्वारा प्रस्तुत विधान संसोधन प्रस्ताव

एसीपी संवाददाता

२२ भाद्र २०८२, आईतवार ११:२५ मा प्रकाशित

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा उपाध्यक्ष बिष्णु पौडेल द्वारा प्रस्तुत विधान संसोधन प्रस्ताव जसमा संगठन संरचना, पदाधिकारी संरचना, सदस्यता, नेतृत्वको अधिकार, प्रशिक्षण र उमेर सीमा जस्ता विषयमा महत्वपुर्ण संशोधन प्रस्ताब गरिएको छ। विधान संशोधन प्रस्तावको मुख्य महत्त्वपूर्ण संशोधनहरू संक्षेपमा यसप्रकार छन्।
मुख्य बुँदाहरू:

१. केन्द्रीय संरचना
• केन्द्रीय कमिटी: ३ सय १ बाट घटाएर २ सय ५१ सदस्यीय।
• पदाधिकारी: १५ जना (अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७) – महिला कम्तीमा १ जना अनिवार्य।
• वरिष्ठ उपाध्यक्ष नरहने, उपाध्यक्षको संख्या ६ बाट घटाएर ३ जना मात्र।
• स्थायी कमिटी: ४५ बाट घटाएर १५ पदाधिकारीमै सीमित।
• पोलिटब्युरो: ९९ बाट घटाएर केन्द्रीय कमिटीको एकतिहाई भित्र सीमित करिब ८४ जना, निर्वाचनमार्फत चयन।

२. सदस्यता प्रणाली
• दुई प्रकारका सदस्यता:
• साधारण सदस्य – ६ महिने पछि संगठित सदस्य लिन पाउने, पार्टीको नीतिको समर्थन र शुल्क तिर्ने।
• संगठित सदस्य – कुनै न कुनै कमिटीमा अनिवार्य आबद्ध हुनुपर्ने।

३. केन्द्रीय निकाय
• ७ बाट बढाएर ८ वटा निकाय:
• राष्ट्रिय महाधिवेशन
• नीति अधिवेशन
• महाधिवेशन प्रतिनिधि परिषद्
• केन्द्रीय कमिटी
• केन्द्रीय अनुशासन आयोग
• केन्द्रीय लेखा आयोग
• केन्द्रीय निर्वाचन आयोग
• केन्द्रीय सल्लाहकार परिषद्
• सचिवालय र कार्यालयको संरचना हटाएर, महासचिवले अध्यक्षको निर्देशनमा सञ्चालन गर्ने।

४. अध्यक्षको अधिकार
• सबै केन्द्रीय निकायको अध्यक्षता गर्ने।
• राजनीतिक प्रतिवेदन पेश गर्ने।
• महासचिवलाई बैठक आह्वान र कार्यसूची निर्धारणमा निर्देशन दिने।
• बैठक प्रमाणीकरण, अन्तरपार्टी निर्देशन दिने अधिकार थप।

५. संगठन संरचना
• राजधानी विशेष कमिटीलाई प्रदेश कमिटी सरह ( काठमाण्डौ, ललितपुर , भक्तपुर र बिशेष कमिटीहरु यो अन्तरगत रहन्छन)
• सम्पर्क विशेष कमिटीलाई जिल्ला वा प्रदेश सरह।
• चार तहको संरचना: टोल → वडा → पालिका → जिल्ला (प्रदेश मातहत)।
• कमिटीको आकार:
• वडा: ३१–५१ जना
• टोल: २१ जना
• पालिका: ७५ जना
• उप–महानगर: ८५ जना
• महानगर: १०१ जना
• जिल्ला: आधार संख्या ७५ प्रत्यक निर्वाचन क्षेत्र बराबर थप १५ जना ।
• बिशेष जिल्ला: ८५
• प्रदेश : ७५ र प्रदेश भित्रका प्रत्यक प्रतिनिधि सभा क्षेत्र बराबर थप ५ जना।
६. महिला सहभागिता
• केन्द्रीय पदाधिकारीदेखि मातहत पदाधिकारीसम्म कम्तीमा १ महिला अनिवार्य।

७. प्रशिक्षण अनिवार्य
• कुनै पनि कमिटी सदस्य वा पदाधिकारीमा उम्मेदवार हुन पार्टी स्कूल विभागको प्रशिक्षणमा सहभागी हुनुपर्ने।
• तर, हाल कार्यरत पदाधिकारी पुनः उम्मेदवार हुँदा प्रशिक्षण प्रमाण चाहिँ नचाहिने।

८. उमेर सीमा
• ७० वर्षको उमेर हद हटाइयो। यसअघि विधानमा रहेको तर कार्यान्वयन नभएको प्रावधान पूर्ण रूपमा खारेज।

९. बैठक आवधिकता
• केन्द्रीय कमिटी: ६ महिनामा
• प्रदेश: ४ महिनामा
• जिल्ला: ३ महिनामा
• पालिका: २ महिनामा
• वडा: १ महिनामा बैठक बस्नुपर्ने।

१०. दुई कार्यकालको प्राबधान अघिल्लो दशौं चीतवन महाधिबेशन बाटनै हटिसकेको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x