७ मंसिर २०८३, आईतवार

बिरोध प्रदर्शन हुन नदिन रुपन्देही जिल्लामा निषेधज्ञा लागू

एसीपी संवाददाता

२४ भाद्र २०८२, मंगलवार ०९:२० मा प्रकाशित

रुपन्देही जिल्लामा अज देखि अर्को आदेश न आउँदा सम्मको लागि निषेधज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको छ ।

रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२४ गते विहान ९:३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर लागू भएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x