१८ आश्विन २०८३, आईतवार

धुवा र आशुले आखामा पर्दा लगायो

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १८:४२ मा प्रकाशित

ओम आचार्य

देश जलिरहेछ

पशुपती घाटमा लाश जलिरहेछ

जलेपछी धुवा

वायुमन्डलमा फैलिरहेछ

जलेको धुवा

चाहे त्यो भवनको होस

चाहे त्यो लाशको  होस

त्यो धुवाको

गन्ध नाकलाइ मन परेन

हामी निस्सासियौं

हामी छटपट्टायौं

र

विक्षिप्त भयौ विहोस भयौं

धुवाले

हाम्रो आखाबाट आशु आइरहेछ!

आशुले आखामा पर्दा लाग्यो

र हेर्न हामीले सकेनौ

ति विभत्स दृष्यहरु

जलाउदै गर्दा

ति हातहरु किन कामेनन

साना साना वालकलाइ मार्दै गर्दा

त्याहा

आफ्ना छोरा छोरी किन सम्झेनन।

विराटनगर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x