७ मंसिर २०८३, आईतवार

नवनियुक्त प्रधानमन्त्रीमाथि सम्पुर्ण युवाको र समग्रमा सम्पुर्ण देशको भरोसा हो

एसीपी संवाददाता

२८ भाद्र २०८२, शनिबार १०:४९ मा प्रकाशित

यो केवल  सुदन गुरुङको सम्मान र भरोसा होइन  नवनियुक्त प्रधानमन्त्रीमाथि सम्पुर्ण युवाको र समग्रमा सम्पुर्ण देशको भरोसा हो । इतिहासमै प्रहिलो तस्वीर पनि हो जहाँ एक आम जनताले प्रधानमन्त्रीलाई यसरी उच्च सम्मान दिएको होस् ।

अब देशको बेथिति अन्त्य हुनुपर्छ, नेताहरूका स्वेच्छाचारी शासनको अन्त्य हुनुपर्छ । कर्मचारीहरुका दलीय प्रशासन अन्त्य हुनुपर्छ । 

अदालतहरु साच्चिकैको न्यायलय बन्नुपर्छ । न्यायाधीशहरु दले-झोलेहरु होइन न्यायमुर्ती बन्नुपर्छ । सिंहदरबार समेत देशका सरकारी कार्यालयहरु जनताको अड्डा बन्नुपर्छ ।

दूतावासहरु साच्चिकैका कुटनैतिक निकाय नै बन्नुपर्छ । ओली-देउवाहरुले बिगाडेको छिमेकी भारतसँगको सम्पुर्ण सम्बन्ध सुधारिनुपर्छ । अर्को छिमेकी चीनसँग पनि व्यापारिक सम्बन्ध थप बढाईनुपर्दछ ।

समयमै निस्पक्ष चुनाव हुनुपर्छ । र नयाँ राजनीति शक्तिहरु स्थापित हुनुपर्छ । ताजा जनादेशको चाहना र आवश्यकता अनुसार
संघीय संरचना सुधारिनुपर्छ ।

पालिकाहरुको संख्या घटाईनुपर्दछ । गाउँ-गाउँ-टोल-टोलमा रहेका महाराजाहरुका राज पनि खोसिनुपर्छ ।
जय युवा, जय जनता, जय देश ।।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x