११ भाद्र २०८३, बिहीबार

नेपाली नै भएर हत्या, हिंसा गरेका हुन् भने तिनीहरूलाई कसरी नेपाली भन्ने ? मलाई त यो नियोजित लाग्छ : प्रधानमन्त्री कार्की

एसीपी संवाददाता

२९ भाद्र २०८२, आईतवार १२:५८ मा प्रकाशित

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भौतिक तथा मानवीय क्षति हुनुमा सुनियोजित षडयन्त्र भएको बताएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै  मानवीय क्षति र अत्यावश्यक संस्थामाथि आगजनी नियोजित भएको बताएकी हुन्। प्रधानमन्त्री कार्कीले नेपालीहरूले नै देशका अत्यावश्यक भौतिक संरचना र मानवीय क्षति गरेका हुन् भने तिनीहरूलाई नेपाली भन्न नहुने बताइन्।

उनले भनिन्,’ नेपालीले नै हत्या हिंसा गरेको भए उनीहरूलाई अब किन नेपाली भन्ने ?,हत्या हिंसामा संलग्नहरूमाथि छानविन हुन्छ। प्रधानमन्त्री कार्कीले मुलुकको आवश्यक संस्थामाथि आगजनी गर्नेहरूमाथि कडा कारवाही हुने बताइन्।

अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छोड्न पर्ने अवस्था नभएको उनको भनाइ छ। उनले भनिन्,’  म त्यसै प्रधानमन्त्री भएको होइन। सडकबाट जिम्मेवारी लिइदेउ भन्ने आवाज उठेपछि प्रधानमन्त्री बनेको हुँ।अपरिहार्य संस्थामाथि प्रहार गर्नेहरूलाई छोडिदैन।

उनले आगामी दिनमा युवाहरूका मागअनुसार नै काम गर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र सरकारका सम्पूर्ण काम कारवाही गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने दावी गरिन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x