११ भाद्र २०८३, बिहीबार
चोरहरुले चोरी गर्ने धम्की सहित जताततै पर्चा टाँस्दै धम्कि दिदै
बाँके , नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका लगाएत बाँके जिल्ला भरी अहिले चोर हरुको त्रास रहेको छ ।
अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका बडाहरुमा चोर हरुको त्रास बढेको हो ।
विभिन्न वडा र टोलहरुमा चोरी गर्ने धम्की सहित पर्चा टाँस्नेहरुको संख्या दिनदिनानुदिन बढ्दै गएको छ ।
केही दिन पहिले एकलैनी , त्रिभुवन चोक सहित स्थानमा र
अहिले भुजाई गाउँ र जैसपुर मा चोरहरुले चेतावनी स्वरुप पर्चा टासेर चेतावनी दिएको दिदा स्थानीयहरु त्रासमा रहेका छ्न । भुजईगाउँमा ४ दिनको बिच चोरी गर्ने धम्की सहित पर्चा टाँसिएको हो ।
जैसपुरमा पनि एक जना स्थानीय जनता जो कि धेरै नेता गिरि गर्छन् भनेर धम्की सहित ३ दिनमा चोरी गर्ने चेतावनी दिएको हो । पर्चामा चोर हुन कि कोइ स्थानीय जनताले नै त्रासमय महौला बनाउन लाई स्थानीय लाई तरसाउने गरि धम्कि दिएका हुन ।

Subscribe
Login
0 Comments


