११ भाद्र २०८३, बिहीबार

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

एसीपी संवाददाता

९ आश्विन २०८२, बिहीबार ०८:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। खबरडबलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x