११ भाद्र २०८३, बिहीबार

मन्त्री कुलमान को भनाइ : यो परिवर्तन मलाई मन्त्री बनाउन आएको होइन

एसीपी संवाददाता

११ आश्विन २०८२, शनिबार ०२:३२ मा प्रकाशित

उर्जामन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनपछिको परिवर्तन आफूलाई मन्त्री बनाउन नआएको टिप्पणी गरेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्।

‘यो परिवर्तन केका लागि भन्ने एकदमै महत्त्वपूर्ण विषय हो। म यहाँ मन्त्रीको

रूपमा आउन ठुलो परिवर्तन भएको हो? त्यो होइन,’ मन्त्री घिसिङले भने, ‘यो ठुलो परिवर्तन युवा पुस्ताले नेपालमा चाहेको छ। युवा पुस्ता मात्र होइन, नेपाली जनताले चाहेको छ।’

जनतामा छाएका निराशाको विस्फोटबाट परिवर्तन आएको पनि उनले बताए। उनले भने, ‘त्यो निराशाको जुन निराशा देशभरि छाएको थियो, त्यो निराशा विस्फोटको रूपमा जुन किसिमले आयो त्यो विस्फोटका रूपमा आयो।’

यो परिवर्तन संस्थागत गर्न ठुलो चुनौती रहेको पनि उनले बताए। आफूले यो चुनौती स्वीकार गरेर आएको घिसिङले दाबी गरे। ‘तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको होइन, यस्तो अवस्थामा देशलाई बचाउनुपर्छ भनेर आएको हुँ,’ उनले भने, ‘यो अवस्थाबाट देशलाई सही दिशामा लैजान नसके देश अप्ठेरोमा पर्छ।’

सरकारको मुख्य दायित्व चुनाव गर्ने र जेन–जी चाहेअनुसार ६ महिना सके जति गर्ने उनले बताए। नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x