१३ असार २०८३, शनिबार

सरकारी सम्पतीको दुरुपयोग गर्नेहरुले गाडी फिर्ता गर्दै

एसीपी संवाददाता

१४ आश्विन २०८२, मंगलवार १४:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा लाग्नुभएकाे छ ।

सोही क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री मन्त्रालयले जनाएकाे हाे ।

मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको जानकारी गराउकाे थियाे । तर हालसम्म ३ जनाले मात्रै फिर्ता गरेकाे मन्त्रालयले जनाएकाे छ।

अझै अधिकांश पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्न अटेरगरिरहेकाे जनाइएकाे छ । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x