१२ जेष्ठ २०८३, मंगलवार

मोदीको सहयोगको आश्वासन, प्रधानमन्त्री कार्कीको ट्वीटमार्फत कृतज्ञता

एसीपी संवाददाता

१९ आश्विन २०८२, आईतवार २३:२२ मा प्रकाशित

काठमाडौं । अविरल वर्षाका कारण नेपालमा जनधनको क्षति बढिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत नेपाल सरकार र जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। उक्त सन्देशप्रति नेपाली प्रधानमन्त्री सुशिला कार्कीले आभार प्रकट गरेकी छन्।

प्रधानमन्त्री मोदीले शनिबार ट्वीटरमा लेखेका थिए, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। यो कठिन घडीमा भारत, नेपाल सरकार र जनताको साथमा उभिएको छ। पहिलो सहयोगी र छिमेकीको नाताले आवश्यक परे कुनै पनि प्रकारको सहयोगका लागि भारत प्रतिबद्ध छ।”

उक्त सन्देशको जवाफ दिँदै प्रधानमन्त्री सुशिला कार्कीले ट्विटरमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, “प्रधानमन्त्री मोदीज्यू, तपाईंको सहानुभूति र प्रतिबद्धता प्रति हार्दिक धन्यवाद। यो कठिन समयमा भारतजस्तो मित्र राष्ट्रबाट प्राप्त समर्थन नेपाली जनता र सरकारको लागि निकै महत्वपूर्ण र सराहनीय छ।”

दुवै नेताहरूको सार्वजनिक सन्देशले भारत–नेपाल सम्बन्धमा आपसी समझदारी र संकटमा सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

पछिल्ला दिनहरूमा नेपालका विभिन्न भागमा निरन्तर वर्षाका कारण पहिरो, डुबान र सडक अवरोधका घटनाहरू बढेका छन्। यसले जनजीवन मात्र होइन, पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। यस्तै कठिन परिस्थितिमा छिमेकी राष्ट्र भारतबाट प्राप्त सहानुभूति र सम्भावित सहयोगले नेपाललाई राहतको अनुभूति गराएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x