११ भाद्र २०८३, बिहीबार

बाइडेनले गरे ट्रम्पको प्रशंसा, गाजा युद्धविराम र बन्धक रिहाइको स्वागत

एसीपी संवाददाता

२८ आश्विन २०८२, मंगलवार १७:३१ मा प्रकाशित

लामो युद्ध अन्त्य गर्ने सम्झौताको सफलतासँगै इजरायल–गाजा द्वन्द्वमा बन्दी बनाइएका अन्तिम २० जना बन्धकहरूलाई रिहा गरिएको छ। यो समाचारपछि विज्ञप्ति जारी गर्दै पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धक मुक्ति र नयाँ युद्धविराम सम्झौताप्रति कृतज्ञता व्यक्त गर्दै यसको नेतृत्व गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्।

सफलता प्राप्त भएकोमा आभार व्यक्त गर्दै अन्तिम जीवित २० जना बन्धकहरूका लागि अकल्पनीय नरकबाट गुज्रेर अन्ततः आफ्नो परिवार र प्रियजनहरूसँग पुनर्मिलन भएकोमा खुशी व्यक्त गरेका हुन्।

युद्धका कारणले अथाह क्षति भोगेका गाजाका नागरिकहरूले युद्धविराम र शान्ति सम्झौतापछि अन्ततः आफ्नो जीवन पुनर्निर्माण गर्ने मौका पाउने बाइडेनले सामाजिक सञ्जाल एक्समार्फत जनाए।

उनले आफ्नो राष्ट्रपतिको कार्यकालमा मानवीय सङ्कटलाई सम्बोधन गर्न र द्वन्द्वको अन्त्य गर्न आफूले हरसम्भव प्रयास गरेको बताउँदै यो सम्झौताको बाटो सजिलो नभएता पनि हाल आएर सम्भव भएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीलाई सम्झौता अन्तिम रूप दिन सहयोग गरेको श्रेय दिए।

अन्तर्राष्ट्रिय समर्थनका साथ गरिएको सम्झौतामा बन्धकहरूको सुरक्षित फिर्ती र युद्ध अन्त्यका साथै गाजामा पुनर्निर्माण प्रयासको ढोका खोल्ने र दीर्घकालीन कूटनीतिक संलग्नता दुवै समावेश हुने उनले बताए।

संयुक्त राज्य अमेरिका र विश्वको समर्थनमा, मध्य पूर्व शान्तिको बाटोमा गएको बताउँदै उनले आगामी दिनमा इजरायली र प्यालेस्टिनीहरूका लागि शान्ति र सुरक्षाको साथ उज्ज्वल भविष्यको आशा व्यक्त गरेका छन्।

ट्रम्पले अन्य क्षेत्रीय नेताहरूसँगै गाजा युद्धविराम सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए। एएनआई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x