११ भाद्र २०८३, बिहीबार

हमास को गतिविधिले अमेरिकी रास्ट्रपति फायर

एसीपी संवाददाता

१ कार्तिक २०८२, शुक्रबार १०:२७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई कडा चेतावनी दिएका छन्। उनले गाजामा रहेका सबै बन्धकहरू नछोडी र हतियार नबुझाएसम्म हमासविरुद्ध बल प्रयोग गर्न सकिने संकेत दिएका हुन्।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्पले भने, “यदि हमासले हतियार नबुझाए, हामी बुझाउनेछौँ — छिट्टै, र सम्भवतः बलपूर्वक।”

यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका थिए, “काम अझै सकिएको छैन।” उनले गाजाबाट सबै बन्धकहरू — जीवित र मृत — ७२ घण्टाभित्र फर्काउने समयसीमा तोकेको भए पनि, हमासले त्यो म्याद उल्लङ्घन गरेको आरोप लगाए।

ट्रम्पको यो अभिव्यक्तिले गाजामा जारी युद्धविराम प्रयासमाथि नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी प्रशासनले यसअघि हमासलाई बन्धक मुक्त गराउन र हिंसा रोक्न कूटनीतिक प्रयास जारी राखेको बताउँदै आएको थियो। तर ट्रम्पको पछिल्लो चेतावनीले सम्भावित सैन्य कदमका संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको धारणा छ। हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x