नेपाल र भारत बिचको मित्रतामा बाधा अड़चन पर्ने काम नगर्न आग्रह
नेपाल र भारत बिचको मित्रता केवल मित्रता मात्र नभई सदियों देखि रोटीबेटीको पनी सम्बन्ध कायम रहेको पारम्परिक छ । तराई-मधेश क्षेत्र परापूर्वकाल देखि नै आर्थिक, सांस्कृतिक, सामाजिक एवं धार्मिक रूपमा भारतसँग जोडिएको तथा अन्तर सम्बन्धित रहेको सबैलाई थाहा नै छ ।
वर्तमान नेपाल सरकारले तराई-मधेशको सीमासँग जोडिएको सीमामा रु १०० सम्मको सामान मात्र भन्सार नतिरि ल्याउन पाइने प्रावधानबाट उत्पन्न ज्यादती प्रति ज.स.पा. पार्टी घोर विरोध गर्दछ । नेपाल सरकारको यो नयाँ नियम एवं कानुनले सीमा वारी रहेका गरीब जनताहरुलाई एकदम मर्माहित तुल्याएको छ । मधेश र भारत सडक मार्गबाट आवत जावत गर्ने व्यक्तिहरुलाई मात्र लक्षित गरिएको यो अव्यवहारिक कदम माथि पुनर्विचार गरियोस् भनी हार्दिक अनुरोध छ । यस प्रकारका नागरिकको दिनानुदिनको जीवन यापनसँग सम्बन्धित किन मेलमा लगाइएको रु १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरु यथाशिघ्र खारेज गरी पुनः पहिलेको जस्तो रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
अतः नेपाल र भारत बिचको मित्रतामा बाधा अड़चन पर्ने गरी कुनै पनी नीति नियम कायम नगर्न र नेपाली जनताहरुको दैनिकी जीवनयापनमा कुनै खलल नगरिदीन नेपाल सरकारसंग मेरो बिनम्र अनुरोध रहेको छ । जनता समाजवादी पार्टीले आग्रह गरेको छ।



