७ कार्तिक २०८३, शुक्रबार

नरैनापुर–६ का युवा समाजसेवी सूर्योदय प्रताप सिंह जनता समाजवादी पार्टीमा प्रवेश

एसीपी संवाददाता

३१ भाद्र २०८३, बुधबार २३:४९ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिका–६, सोनबर्सा निवासी बौद्धिक व्यक्तित्व तथा युवा समाजसेवी सूर्योदय प्रताप सिंह जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्नुभएको छ।

भदौ ३१ गते सिंहले जनता समाजवादी पार्टी, नेपालको विचार, सिद्धान्त तथा नीतिलाई स्वीकार गर्दै पार्टीको सदस्यता ग्रहण गर्नुभएको जनाइएको छ।

पार्टीमा प्रवेश गर्नुभएका सिंहलाई जनता समाजवादी पार्टी, नेपालका नेता तथा कार्यकर्ताले हार्दिक स्वागत गर्दै उहाँको आगामी राजनीतिक तथा सामाजिक यात्रा सफल, सार्थक र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सिंहको पार्टी प्रवेशले नरैनापुर क्षेत्रमा पार्टीको संगठन विस्तार तथा सामाजिक गतिविधिमा थप ऊर्जा पुग्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x