८ मंसिर २०८३, सोमबार

कार्तिक पूर्णिमामा राप्ती स्नानका लागि वडा नं. ८ द्वारा निःशुल्क बस सेवा सञ्चालन

एसीपी संवाददाता

८ मंसिर २०८३, सोमबार १५:३७ मा प्रकाशित

नेपालगञ्ज — कार्तिक पूर्णिमाको अवसरमा राप्ती नदीमा स्नान गर्न जाने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याउने भएको छ।

वडा नं. ८ का वडा अध्यक्ष रजनीश बाजपेयी (विवेक) को पहल तथा स्थानीय समाजसेवी र जनप्रतिनिधिहरूको सहकार्यमा यही २०८३ साल मङ्सिर ८ गते (कार्तिक पूर्णिमा) का दिन उक्त सेवा उपलब्ध गराउन लागिएको हो। सार्वजनिक गरिएको सूचना अनुसार राप्ती नदी प्रस्थान गर्नका लागि बिहान ठीक ५:०० बजेदेखि निःशुल्क बस सेवा सुरु हुनेछ।

विशेष गरी कार्तिक पूर्णिमाको पावन अवसरमा राप्ती स्नानका लागि जाने स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा भक्तजनहरूलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले वडाको तर्फबाट यो व्यवस्था मिलाइएको हो।

उक्त निःशुल्क बस सेवाको व्यवस्थापन तथा सहजीकरणमा वडा अध्यक्ष रजनीश बाजपेयी (विवेक) सहित समाजसेवीहरू विजय कुमार वैश्य, सन्तोष वैश्य र गोपी वैश्यको सक्रिय सहभागिता रहेको छ।

यसैगरी, वडा सदस्यहरू निखिल वैश्य, अमन गुप्ता, दलित महिला सदस्य निर्मला कनौजिया र महिला सदस्य बिमला देवी वैश्यले पनि यस अभियानमा साथ दिनुभएको छ।

वडा नं. ८ ले सम्पूर्ण नगरवासी तथा श्रद्धालु भक्तजनहरूलाई २०८३ मङ्सिर ८ गते बिहान ५ बजे नै निर्धारित स्थानमा उपस्थित भई यस निःशुल्क यातायात सेवाको लाभ लिन आग्रह समेत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x