११ मंसिर २०८३, बिहीबार

इस्लामिक देशमा कुनै मन्दिर हुनु हुँदैन-इस्लामिक धर्मगुरु नाईक

एसीपी संवाददाता

२३ पुष २०७७, बिहीबार ०७:१६ मा प्रकाशित

इस्लामिक धर्मगुरु जाकिर नाईकले पाकिस्तानको एक हिन्दु मन्दिरमाथि भएको आक्रमणको घटनाको समर्थन गरेका छन् ।

पाकिस्तानको खैबर पख्तूनख्वामा कट्टरपन्थीहरूको अनियन्त्रित भीडले केही दिन अघि एक हिन्दू मन्दिर भत्काएर आगो लगाइएको थियो । इस्लामिक धर्मगुरु नाईकले इस्लामिक देशमा कुनै मन्दिर हुनु हुँदैन भन्ने विवादास्पद बयान दिएका हुन् ।

‘यदि इस्लामिक देशमा कुनै मन्दिर छ भने, यसलाई पनि ध्वस्त पार्नुपर्छ,’ उनले भने, ‘इस्लाममा मूर्ती बनाउन निषेध गरिएको छ । चाहे त्यो जीवित पशुपंक्षी होस् वा मानिसको ।’
जाकिर नाईकले आफ्नो कुरा प्रमाणित गर्न पैगम्बर मोहम्मदसँग सम्बन्धित एक किस्सा पनि सुनाए ।

नेपाली भुमी मिचेर चीनले हुम्लामा भवन निमार्ण गरेको स्थानमा भारत सरकारद्धारा ४ करोड बराबरको सहयोग


कुरानको एक अंश सुनाउँदै जाकिरले भने, ‘मूर्ति कँही पनि बनाउन दिनु हुँदैन र यदि यो त्यस्तो कँही छ भने यसलाई भत्काउनु पर्र्छ । एक इस्लामी देशमा त झन् मूर्ती स्वीकार्य हुँदैन । यदि मूर्ती छ भने त्यसलाई ध्वस्त बनाउनुपर्दछ ।’

मन्दिर ध्वस्त बनाएको घटनाको विश्वभर विरोध भएको थियो । संसारभरबाट मन्दिरमा भएको आगजनी घटनाको निन्दा गरिएको थियो । तर इस्लामिक अभियानकर्ता जाकिर नाइकले भने उक्त घटनाको समर्थन गरे ।

स्थानीय धर्मगुरु र जमिअत उलेमा–ए–इस्लाम पार्टीका समर्थकहरूको नेतृत्वमा आएका भीडले पुरानो मन्दिरको साथमा नयाँ मन्दिरको निर्माण कार्य पनि ध्वस्त पारे ।

स्थानीय जनताको विरोधपछि राज्यका एक मन्त्रीले उक्त घटनाको भत्र्सना गरे । प्रहरीले घटनामा संलग्न करीव ४५ जनालाई पक्राउ गरेको छ ।

जाकिर नाईक अहिले मलेसियामा लुकेर बसेका छन् । उनी सन् २०१६ सालदेखि मलेसियामा छन् । उनले केही समय पहिले इस्लामाबादमा कृष्ण मन्दिरको निर्माणलाई ‘पाप’ को संज्ञा दिएका थिए । नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x