१२ मंसिर २०८३, शुक्रबार

आज सहिद दिवस, प्रधानमन्त्री ओलीद्धारा सहिद स्मारक लैनचौरमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण

एसीपी संवाददाता

१६ माघ २०७७, शुक्रबार ०६:४४ मा प्रकाशित

देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सहिद दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले शुक्रबार काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको थियो । रत्नपाकस्थित शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरि लैनचौर पुगेको थियो । शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद स्मारक लैनचौरमा पुगी राष्ट्रका ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

 प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गरी मुलुकमा लोकतन्त्र र परिवर्तनका लागि बलिदान गर्ने महान् सहिदप्रति सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि सहभागी हुनुहन्थ्यो  । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले  शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभयो ।

शहिदको सपना अनुसार नै सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको उहाले बताउनुभयो । शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उहाको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले शहिदहरुसंग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक रहेको बताउनुभयो ।

जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । उहाँहरुको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ ।

माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ ।मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गरिएको छ ।

अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए

नेपाल-भारतको ‘छिमेकी     पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार

तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । सहिद दिवसमा पहिले सार्वजनिक बिदा दिने गरिए पनि हाल सरकारले यो बिदा कटौती गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x