१२ मंसिर २०८३, शुक्रबार

प्रचण्डको उदघोष प्रधानमन्त्री ओलिलाई एक महिनामै घोडाबाट भुईमा टेकाएर छोडने रणनिती तयार

एसीपी संवाददाता

१७ माघ २०७७, शनिबार ०५:१४ मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी गरेको जानकारी दिएका छन् । शुक्रवार विराटनगरमा आयोजित जनसभामा प्रचण्डले संविधानमा भएको ब्यवस्था प्रयोग गरेर कारवाही गरिने जानकारी दिए । उनले अहिले सर्वोच्च अदालतप्रति भरोसा भएको र तलमाथि भए तयारीअनुसार कारवाही गरेर अघि बढ्ने चेतावनी दिए ।

उनले भने, ‘अदालतप्रति भरोसा गरेर बसेका छौं । जरुरी परेमा सभामुखले बैठको आयोजना गर्ने र केपीलाई कारवाही गर्छौ । तर अदालतको भर छ । तपाइले ५ वर्षका लागि चुनाव जिताएर पठाएका हामी जिउँदै छौं ।

कसैले नक्कली ढंगले मारेर हुँदैन,ु उनले भने । प्रचण्डका अनुसार २०५९ सालमा सडकबाटै संसद बैठक बसेजसरी बैठक बोलाउने र अविश्वासको प्रस्ताव पारित गरेर ओलीलाई हटाउने तयारी छ । एक महिनाभित्रै ओलीलाई पदबाट हटाउने प्रचण्डको घोषणा छ । ुधेरै महिना लड्नु पर्दैन । एक महिनाभित्र बादशाहलाई घोडाबाट खसाउनेछौं ।अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारको बैधानिकता सकिएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभामा उहाले संसद बिघटन गरेर ओलीले सरकारको बैधानिकता गुमाएको बताउनुभएको हो ।

प्रचण्डले अहिले संसद भंग नभएर सरकार बिघटन भएको तर्क गर्नुभयो । ओलीले आफ्नै खुट्टामा बञ्चरो हानेर इतिहासमा नै कलंकको टिका लगाएको धारणा राख्नुभयो लोकतन्त्र फेरि ट्रयाकमा जानेछ नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष प्रचण्डले भने । कार्यक्रममा सो पक्षका नेताहरुले संसद बिघटनको विरुद्ध कडा संघर्षका कार्यक्रम गरेर उक्त निर्णय फिर्ता गराउनुपर्ने बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x