१२ मंसिर २०८३, शुक्रबार
बैंशाखमा निर्वाचनको घोषणा गरे पनि तोकिएको मितिमा निर्वाचन हुन नसक्ने – गजुरेल
नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्रीको उदेश्य निर्वाचन गर्ने नभएको तर्क गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गजुरेलले बैंशाखमा निर्वाचनको घोषणा गरे पनि तोकिएको मितिमा निर्वाचन नहुने समेत बताउनुभयो ।
उहाले सत्ताको दुरुपयोग गर्न ओलीले संसद बिघटन गरेको आरोप लगाउनुभयो । तोकिएको समयमा निर्वाचन नहुने र संकटकाल वा राष्ट्रपति शासन लगाउने हल्ला चलेको भन्दै सवै सचेत हुनुपर्ने जिकिर गर्नुभयो । अहिलेको अवस्थामा संसदीय व्यवस्था असफल हुनु भनेको ओली मात्र नभएर नेकपा नै असफल हुनु रहेको उहाको भनाइृ छ ।
गजुरेलले अहिले संविधान नै असफल भइसकेको अवस्थामा नँया व्यवस्था कायम गर्न सवै एकसाथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
Subscribe
Login
0 Comments


