चिनमा थप कोरोना सक्र्मित थपिदै
चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरूले शुक्रबार चीनका विभिन्न सहरमा ५२ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएका छन् ।
नक्कली कोरोना खोप उत्पादन गर्ने ८० जना चिनियाँ नागरिक पक्राउ
चीनभित्रै पनि संक्रमणका नयाँ घटना देखिइरहेको ती अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार शुक्रबार मात्रै चीनमा फेला परेको ५२ जना नयाँ संक्रमितमध्ये ३६ जना चीनभित्रैका थिए भने १६ जना विदेशबाट आएका थिए । चीनको नेसनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय नागरिकहरूबाटै अहिले संक्रमण सर्न थालेकाले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँचसमेत सुरु गरेको छ । शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरूमध्ये उत्तरी चीनको हुवे प्रान्तका धेरै नागरिक छन् ।
भारतबाट पुनः नेपालको लागि कोरोना विरुद्धको २२ लाख डोज खोप कोभिशिल्ड आउने
चीनका हेलिङजाङ, हेबेइलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेको छ । शुक्रबार भेटिएकामध्ये हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि छन् । सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरूमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्न थालेको हो । नया पत्रिकामार्फत


