कोरोना खोपमा चिनियाँहरुको बदमासी
कोरोना खोपमा चिनियाँहरुको बदमासी: आधिकारिकता पुष्टि गर्न परराष्ट्रको पत्रपछि थर्काउदै पठायो जवाफ!
काठमाडौं। भारतले नेपाललाई निशुल्क दश लाख खोप उपलब्ध गराएपछि चीन पनि अनुदानमा ५ लाख डोज खोप दिन तयार भएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप चीनले दिने भएको हो ।
यो खोप चीनमा आपतकालिन प्रयोगका लागि मात्रै अनुमति दिइएको थियो । तर रोयटर्सका अनुसार आज सामान्य प्रयोगका लागि अनुमति दिइसकेको छ ।
यद्यपी ब्राजिलमा गरिएको परीक्षणमा यो खोप ५० प्रतिशत मात्रै प्रभावकारी देखिएको थियो । यो खोपमाथि विश्वका विभिन्न मुलुकहरुमा प्रयोगका लागि आशंका समेत गरिएको छ ।
तर, आपतकालिन प्रयोगका लागि यो खोप विभिन्न मुलुकले अनुमति दिइसकेका छन्।
चीनले नेपाललाई दिन लागेको खोप आपुर्तिका लागि काठमाडौं स्थित दुई कम्पनीले निवेदन दिएका थिए ।
सिंगापुरबाट खोप ल्याउनका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र हगंकंग स्थित कम्पनीबाट खोप ल्याउन ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ ले आवेदन दिएका थिए ।
मापदण्डविपरित चिनियाँ खोपको उत्पात : जनस्वास्थ्य जोगाउन चीनलाई परराष्ट्र मन्त्रालयको पत्र!
मन्त्रालयले एउटै कम्पनी छान्नुपर्ने भएको र कुन पनिले आधिकारीक रुपमा खोप ल्याइरहेको हो भनेर स्पष्ट नभएको भन्दै दुतावसालाई पत्र पठाएको थियो ।
नक्कली कोरोना खोप उत्पादन गर्ने ८० जना चिनियाँ नागरिक पक्राउ
तर, चिनियाँ दुतावासले भने उल्टै चेतावनीपूर्ण तरिकाले चाँडै खोप लैजान भनेको छ । चिनियाँ खोपको माग विश्वभर अत्यधिक भएको र तत्काल यो खोप नलेगे नेपाललाई खोप दिइने सुचिको अन्तिममा राखिने छ भन्दै चिनियाँ दुतावासले पत्रबाट चेतावनी दिएको हो ।
यतिमात्रै हैन्, चीनले कानुनी पक्रिया पूरा गर्नका लागि कागजात बिस्तारै संकलन गर्न तर, खोप भने लगिहाल्न आग्रह गरेको छ । तर, सरकारलाई कम्पनीको आधिकारीकताबारे थाहै नभइ खोप ल्याउन अलमल छ । यसमा चीन सरकारले सहयोग गर्न सरकारले पठाएको जवाफमा उल्टै चेतावनी आएको छ ।
चीनले तत्काल प्रयोगका लागि अनुमति दिँदै खोप प्रयोगमा ल्याउन भनेको छ । यस बिषयमा अब, सरकारले के गर्छ भन्ने कुरा स्पष्ट हुनसकेको छैन् । नेपाल् पाना


