१४ आश्विन २०८३, बुधबार
प्रतिनिधिसभा विघटन विरुद्ध दलित संगठन विरोध
नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ ।
नक्कली बिहे गर्दै चीनमा नेपाली चेलिबेटीको तस्करी भएको खुलाशा
आइतबार माइतीघरमा संगठनले सडक अन्तरक्रिया गरेको हो । विरोध ¥यालीसहित संगठनले सरकारको ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ ।
नेपाल दलित मुक्ति संगठनको सहइन्चार्ज दलजित श्रीपाईलीले प्रधानमन्त्रीले संविधान मिचेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाले प्रधानमन्त्रीको कदमले आफुहरुको अधिकार हनन भएकाले अधिकार स्थापीत गर्न सडकमा आउनुपरेको धारणा राख्नुभयो ।
आफ्नो अधिकार खोसिएको महसुर गरिएकाले र गणतन्त्रको रक्षा गर्नका लागि सडकमा आएको उहाको भनाई छ ।
सहभागीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।
Subscribe
Login
0 Comments


