बाँके मधेशी पत्रकार समाजले जारी गर्यो बिज्ञप्ती

बिश्व भरी महामारी कै रुपमा फैलिएको कोरोना भाईरस (कोविड–१९) को उच्च जोखिममा रहेर संचार गृह र संचारकर्मीहरुले सूचना संकलन तथा प्रवाह गर्ने कार्यलाई निरन्तरता दिईरहेका छन । संक्रमणकालीन र संबेदनशील यो घडीमा पत्रकारहरुले आ–आफ्नो पेशागत धर्म संगै उत्तरदायित्व निर्वाह गर्र्दै उच्च जोखिममा रहेर भएपनि प्रभावित क्षेत्रमा खटी अहोरात्र काम गर्दै आएको हुनाले पत्रकारहरु पनि कोरोना भाईरस (कोविड–१९) संक्रमित देखा परेकाछन भने अन्य पत्रकारहरुको स्वास्थ्य परिक्षण भईरहेको अवस्था छ ।
यो संबेदनशील घडीमा सिमित श्रोत साधन र अनेक कठिनाईका बावजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाईरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । समाजले यस्तो बिषम परिस्थितीमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संबेदनशील भई पूर्णसतर्कताका साथ समाचार संकलन गर्न अनुरोध गर्दछ, साथै स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारहरुमा अपील गर्दछ।
यस समाजले, कोरोना भाईरस (कोविड–१९) सम्बन्धि क्वारेन्टाईन संचालन तथा ब्यवास्थापन गर्न बनेको मापदण्ड २०७६ अनुरुप क्वारेटाईनहरु संचालन भएका छन कि छैनन्? अनुगमन समितिले अनुगमन गरेको छ कि छैन ? क्वारेन्टाईन भएकाहरु मापदण्ड अनुरुप सेवासुबिधा पाएका छन कि छैनन् ? सो समेत सबै पत्रकार बन्धुहरुले आफनो बिषय बनाई समाचार सम्पे्रषण गर्न गराउन अनुरोध गर्दछ ।
साथै, कोरोना (कोविड–१९) प्रभावित क्षेत्रमा खटिइरहेका सबै पत्रकारहरुको लागि तत्काल पीसीआर प्रबिधिबाट स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको ब्यवस्था सहित आर्थिक मारमा परेकालाई राहत प्याकेज सहयोग गर्न प्रदेश तथा संघीय सरकार संग आग्रह गर्दछौं । अध्यक्ष विनय राज त्रिपाठी



