१२ असार २०८३, शुक्रबार

नेपाली भुमि फिर्ता गर,हिन्दू संस्कृति माथी हस्तक्षेप बन्द गर भन्दै बिरोध प्रदर्शन

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार ०५:०५ मा प्रकाशित

कपिलवस्तु जिल्लामा सरकार बिरुद्ध बिरोध प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय  कपिलवस्तु तौलिहवाको कार्यालय अगाडी बिरोध प्रदर्सन भएको हो ।

नेपाल बिश्व हिन्दू महासंघ जिल्ला कार्य समितीको आयोजनामा जिल्ला प्रशासनको अगाडि बिरोध प्रदर्शन भएको हो ।

विभिन्न माग र नाराका साथ उनीहरु बिरोध प्रदर्शन गरेका थिए । मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिस्चित गर, चिनिया बिस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्तक्षेप बन्द गर, कोरोनाको बहाना दशै तिहार लाई निसाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाड पर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नाराले लेखिएका व्यानरका साथ प्रदर्शन गरेका हुन ।

प्रदेश महासचिव निरन्जन यादवको उपस्थिति र उदयभन यादवको अध्यक्षतामा गरिएको उक्त प्रदर्शनमा यदि सरकारले समग्र माग पुरा न गरेमा चरणबद्द आन्दोलन र प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन । माइसंन्चारबाट

सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3
0
Would love your thoughts, please comment.x
()
x