भेरी अस्पतालमा ४४ संक्रमित थपिए,एकको मृत्यू ६४ जना डिस्चार्ज
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले बिहीवार दिउँसो ३ः५० बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
- भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
- दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्ज,कयौं व्यक्ति घाइते
- चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी
यसैबीच बाँकेमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँकेको जानकी गाउँपालिका वडा नं. ६ प्रजातीपुरका ६५ वर्षीय पुरुषको बुधवार राती १० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । यो हिसावले हेर्दा निको हुने दर ७६.८६ प्रतिशत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।



