प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण-पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदवाहाली गर्दै उपप्रधानमन्त्री पोखरेलले आफूले पाएको जिम्मेवारी महत्वपूर्ण र जिम्मेवार पद भएको बताउनु भएको हो ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोग जस्ता महत्वपूर्ण निकायका कामलाई प्रभावकारी बनाउन आफु कटिबद्ध रहेको पनि बताउनु भयो ।
- ‘करोड र लाखका कुरा छोडौं, अर्ब, अर्बको लुट
- चीन नाकामा सशस्त्र प्रहरीको बीओपी स्थापना
- भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
सरकारले जनताको गुनासो सुन्न र समस्या सम्बोधनका लागि हेलो सरकार गठन गरेको भएपनि त्यसको काम प्रभावकारी नभएको भन्दै आफुले हेलो सरकारको कामलाई प्रभावकारी बनाउने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
निती र कानुनमा भएका कमि कमजोरीका विषयमा आफु केन्द्रित हुने भन्दै मन्त्री पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउन कर्मचारीको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।
रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका पोखरेललाई सरकारले बुधबार गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको हो ।
चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी



