२ श्रावण २०८३, शनिबार

बाँकेमा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ६०

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार ०४:०८ मा प्रकाशित

बाँकेमा सोमवार ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २४ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा १३ अन्य जिल्लाका ३ गरी १६ जना संक्रमित थपिए

बाँकेमा विरामी निको हुने दर ८८ दशमलव ७९ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ३ सय ६ र अन्य जिल्लाका १८ गरी ३ सय २४ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x