२ श्रावण २०८३, शनिबार

मदनी मस्जिदमा तोडफोड गर्ने दुई जना पक्राउ

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार ०४:५४ मा प्रकाशित

काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रत्नकाजी महर्जन र डोजरका चालक छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार शनिबार बिहान मस्जिद तोडफोड भएको थियो ।

परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको बताए।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भू-माफियाको तारो समेत बन्ने गरेको थियो ।

ज्ञवालीले भने, ‘मस्जिद तोडफोड गर्न लगाउने महर्जन हुन्, उनी र उनले खटाएका चालकलाई हामीले पक्राउ गरी आवश्यक कारबाही थालेका छौं।’

निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ।

यो मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो।

यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रूपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन्।सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x