१७ मंसिर २०८०, आईतवार

स्वास्थ्य मन्त्रालयमा कमिसनको हिसाब किताब चलिरहँदा देशभरी स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिनानै काम गर्नु परिरहेको छ- सांसद संग्रौला

एसीपी संवाददाता

५ बैशाख २०७७, शुक्रबार ०१:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले लकडाउनका कारण शहर छाडि पैदल हिडिरहेका मानिसहरुलाई तत्काल घरसम्म पुर्याउन प्रदेश र स्थानीय निकायसँग समन्वय गर्न गृह मन्त्रालयसँग आग्रह गरेकी छन् ।स्वास्थ्य मन्त्रालयमा कमिसनको हिसाब किताब चलिरहँदा देशभरी स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिनानै काम गर्नु परिरहेको अवस्था छ । टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरूकाे गुणस्तरीयता र विश्वसनियतामाथि प्रश्न उठिरहेका छन् । यस्ता विषय माथि सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक जति सक्दो चाँडो बस्न जरुरी छ ।
जनताको जीवन रक्षा गर्न सरकारले लागू गरेको लकडाउनलाई आफ्नो र पार्टीको पूर्ण समर्थन गरेको भएपनि घर हिडेकाहरुका हकमा गृहले समन्वय गर्नु पर्ने उनको माग छ ।हजारौं मानिसहरु भोको पेट र साना बच्चा सहित घर पुग्ने आशामा पैदलै हिंडी रहेका छन् । तर सरकार २ दिनका लागि काठमाडौँबाट बाहिर जान दिने भन्छ, त्यसको केहि घण्टा पछि त्यस्तो निर्णयनै नभएको दावी गर्छ । यस्तो तदर्थ पाराले मानिसहरूको जीवन र जनजीविका माथि जोखिम बढेको छ । त्यसैले म बाटोमा हिडी रहेका मानिसहरुलाई तत्काल उनीहरुको घरसम्म पुर्याउन प्रदेश र स्थानीय तहसंग समन्वय गर्न गृह मन्त्रालयलाई आग्रह गर्दछु,” संग्रौलाले भनिन् ।यसबाहेक उनले राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठक तत्काल बाेलाउन पनि समिति सभापति शशी श्रेष्ठसँग माग गरेकी छन् ।सिंगाे मुलुकनै काेराेनाविरूद्धकाे लडाइँमा हाेमिएकाे र संसद पनि चालू नभएकाे भन्दै सांसद संग्राैलाले सरकारका काम कारवाही बारे जानकारी लिन समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी हुन् । पछिल्लाे समय काेराेना परिक्षणका लागि ल्याइएका किट र अन्य स्वास्थ्य उपकरणहरुकाे विश्वसनियता माथिनै प्रश्न उठिरहेकाे अवस्थामा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक देखिएको भन्दै बैठक बाेलाउनु पर्ने उनकाे भनाइ छ ।

भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उनकाे माग छ । यसअघि प्रतिनिधि सभाकै शिक्षा तथा स्वास्थ्य समितिले भर्चुअल बैठक बसेर सरकारलाइ विभिन्न विषयमा निर्देशन दिइसकेकाे छ ।

“स्वास्थ्य मन्त्रालयमा कमिसनको हिसाब किताब चलिरहँदा देशभरी स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिनानै काम गर्नु परिरहेको अवस्था छ । टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरूकाे गुणस्तरीयता र विश्वसनियतामाथि प्रश्न उठिरहेका छन् । यस्ता विषय माथि सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक जति सक्दो चाँडो बस्न जरुरी छ,” उनले भनिन् ।खबर मच •कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x