११ जेष्ठ २०८१, शुक्रबार

नाकामा रोकिएका नेपालीलाई भित्र्याएसँगै क्वारेन्टाइनमा,संख्या ह्वात्तै बढेको छ

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार १४:३७ मा प्रकाशित

बाँकेमा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । नाकामा रोकिएका नेपालीलाई भित्र्याएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । जिल्लामा क्वारेन्टाइनको संख्या पनि बढाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा एकै दिन तीन सय बढी मानिस थपिएको बताउनुभयो ।

बाँकेका विभिन्न क्वारेन्टाइनबाट एक हजार तीन सय ५२ जना घर फर्किएका छन् । क्वारेन्टाइन र त्यहाँ बस्ने बढ्दै गर्दा संक्रमितको संख्या पनि बढिरहेको छ । अझ भारतबाट आउने क्रम रोकिएको छैन । बुधबार राती र बिहीबार विहानसम्म गरी दुई हजार सात ३८ जना नेपालीलाई भित्र्याए पनि फेरि नाकामा नेपाली जम्मा भइसकेका छन् । प्रशासनले प्रवेश रोकिसकेपछि सय जना आसपासमा नेपाली नाकामा आइपुगेका छन् । जिल्लाका सबै पालिकामा क्वारेन्टाइन थलिएको छ । भारतबाट आएका नेपालीलाई आआफ्नै पालिकामा पठाएर क्वारेन्टाइनमा राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x