ईदको चाँद देखियो, पाकिस्तान सहित अरब देशहरुमा ईद मनाउँदै, सरकारले गर्यो आज देखि ५ दिने कर्फ्युको घोषणा


अरशद शेष राई – साउदी अरेबिया / सऊदी अरेबियामा शनिबार शव्वाल महिनाको चन्द्रमा अर्थात ‘चाँद’ देखिएपछि अरब देशहरुमा आज अर्थात आइतबार ईदुलफुत्र मनाउँदै छन । इस्लाम धर्मवालम्बीहरुको पबित्र महिना रमजानको अन्तिम दिन सऊदी अरेबियामा चन्द्रमा अर्थात चाँद नजर आएलगत्तै साउदी अदालतले आइतबार ईदुलफित्र मनाइने घोषणा गरेको हो । साउदी अदालतले शनिबार साउदी अरेबियामा ईदुलफित्रको चन्द्रमा अर्थात चाँद नज़र आएपछि साउदी देशहरुमा पनि रमज़ानको ३० रोजा पूरा भएपछि आज आइतबार अरब देशहरुमा ईदुलफित्र मनाइने भएका हुन ।

साउदी सरकारले बिश्वभरी फैलिएको महामारीका कारण देशमा पनि बढ्दै गरेको कोरोना भाइरसका लागि यसपाली ईदुलफित्रको नमाज अ-आफ्नै घरमा पढ्न र घर भित्र बस्न अपिल गरेको छ जस कारण कोरोनाको महामारीलाई थप फैलिनबाट रोक्न सकोस । साउदी अरेबिया तथा अरब देशहरुमा हरेक बर्ष पबित्र महिना रमजानको २९ रोजा हुने गर्थियो तर यसपाली ३० रोजा पूरा भएको छ र आज शनिबार चन्द्रमा देखिएको छ । जसको तहत भोलि आइतबार अरब देश तुर्की, दुबै, कतर, कुवैत, ओमान, फिलिस्तिन, सिरिया, लेबनान, ईरान र पाकिस्तान सहित कयौ मुस्लिम देशहरुले आज आइतबार ईदुलफित्र मनाइने भएको छन ।
बिगत लामो समय देखि विश्वजगतमा कोरोना भाइरसको डर र त्रासका माहोल रहेको बेला साउदी अरेबियामा पनि कोभिड -१९ को महामारी दिनदिनै बढ्दै गएकोले साउदी सरकारले कोरोनालाई ध्यानमा राख्दै कोरोनाको जोखिमलाई कम गर्न र भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी अरेबियामा आइतबार २४ माई देखि २८ माई सम्म साउदीभरी २४ घन्टा देशलाई लकडाउन गर्ने घोषणा गरेको छ । ईदुलफित्रको दिन कोई पनि सडकमा ननिस्कि कोरोना भाइरसको प्रकोपसंग बाँच्न सकुन भनेर कर्फयू लगाइएको बताइएको छ ।