सहयोग गर्न खोज्दा कोरोना संक्रमित


बाँके / भारतबाट घर फर्किने मजदुरलाई आफैं गाडी चलाएर सीमासम्म पुगी उद्धार गर्ने बाँकेका एक वडाध्यक्षमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय ती वडा अध्यक्ष खुम बहादुर बस्नेत बुधवार संक्रमन पुष्टि भएका हुन । ज्याला मजदुरी गर्न भारत गएकाहरू सीमासम्म आइपुगेको र उनीहरूलाई घरसम्म ल्याउने मानिस कोही नभएपछि आफैं गाडी चलाएर रुपैडिहा गएर मानिस ओसार्दाओसार्दै ती वडाध्यक्ष संक्रमित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । जनताको दुख सुखमा हर हमेसा साथ दिने वडा अध्यक्ष बस्नेत भारतबाट आउदै गरेका मजदुरहरु उद्धार गर्नका लागी निकै दुख पनी पाएका थिए । ‘भारतबाट घर फर्किनेलाई चालक लिन जान मान्दैन थिए,’ संक्रमित वडाध्यक्षले मार्गरेखा रिर्पोटर संग भने ‘म आफैं चालक बनेर रुपैडिहाबाट धेरैलाई उद्धार गरेर ल्याएँ । त्यही क्रममा मलाई पनि संक्रमण भएको हुनुपर्छ ।’

उनले जेठ ७ गते भारतबाट आएका ५६ मध्ये राप्तीपारिका २४ जनालाई अर्कै बसमा पठाए । आफ्नो वडाका २७ जनालाई आफैं गाडी चलाएर घरसम्म ल्याए । ती २७ मध्ये एकजना बिरामी थिए । उनलाई आफैंले उठाएर वडाध्यक्षले गाडीमा हालेर घरसम्म पु¥याए । २० वर्षजतिका ती युवालाई राति ज्वरो आया े। एम्बुलेन्स बोलाएर राति नै नेपालगन्जको भेरी अस्पताल र्पुयाइएका ती युवालाई अर्को दिन कोरोना पुष्टि भयो । आफैंले उठाएका व्यक्तिमा कोरोना पुष्टि भएपछि वडाध्यक्ष झस्किए । जेठ ११ गते आफूसहित छिमेकी वडाध्यक्षको समेत स्वाब संकलन गर्न लगाए । भेरी अस्पतालमा गरिएको परीक्षणमा छिमेकी वडाध्यक्षको रिपोर्ट नेगेटिभ आए पनि उनलाई कोरोना संक्रमण देखियो । ‘मैले पुरै सावधानी अपनाएको थिएँ। मास्क, ग्लोभ्स लगाएर गाडी चलाउँथें,’ संक्रमित वडाध्यक्षले भने ‘घरमा पुग्नासाथ नुहाउँथें र कपडा बदल्थें, तैपनि मलाई कोरोना पोजेटिभ देखियो ।’ उनले आफूसहित अन्य संक्रमित वडाले नै निर्माण गरेको आइसोलेनसमा बसेको र सबैको अवस्था सामान्य रहेको जानकारी दिए । उनले आफू बसेको आइसोलेन व्यवस्थित रहेकाले कुनै समस्या नरहेको बताएका छन् । उनले आफ्नो फेसबुक मार्फत स्टाटस लेखेका छन् की जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दा गर्दै कर्तव्य भुमिमै ढलिएछ भने पनि रतीभर पीर छैन पिर त मेरा जनताको स्वास्थको छ भगवान सङ प्राथना गर्दछु कसैलाई पनि केही नहोस । जनताहरुलाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यानै जोखिममा राखेर यर्थाशक्य प्रयास गरेकै थिए तर आफ्नो नै कोरोना भाइरसको पोजेटिभ देखियो सबै वडाबासी गाँउपालिका बासीहरु सुरक्षित रुपमा घरमा बसिदिन समेत अनुरोध गरेका छन् । ‘म अवश्य कोरोना भाइरसलाई जितेर फेरि जनताको सेवामा लाग्ने छु,’ उनले भने ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दागर्दै ढलिएछ भने पनि पीर छैन ।’ सभार – मार्ग रेखा
