३१ जेष्ठ २०८१, बिहीबार

बास द्धारा मंगलबार नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

एसीपी संवाददाता

२० जेष्ठ २०७७, मंगलवार १४:०५ मा प्रकाशित

कोरोनाभाईरसको उच्चजोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकालाई बासले मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बास केन्द्रीय कार्यालय नेपालगन्जले नरैनापुर गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुका लागि ४०० थान सर्जिकलमास्क र ५० थान सेनिटाईजर सहयोग प्रदान गरेको हो ।
बासद्धारा सञ्चालित नरैनापुरका लागि सहयोग अभियान अन्र्तगत सो सहयोग प्रदानगरिएको हो । अभियानअन्र्तगतबिभिन्न व्यक्तिहरुबाट संकलितरकमबाट सो सहयोग गरिएको हो । अभियान अन्र्तगत आवश्यकता अनुसार नरैनापुर गाउँपालिकाका क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै जाने बासले जनाएको छ ।
आज नरैनापुर गाँउपालिकाको सम्पर्क कार्यालय नेपालगन्जमा गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी र निर्देशक हेमराजभट्टले सामाग्री हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, वडा नम्बर २ का वडा अध्यक्ष मसूद अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, लेखापाल प्रकाश अधिकारी र बासका प्रदेश संयोजक मकबुल अहमद मुकेरीकोे उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x