आईतवार देखि देश भरिका भूमि सुधार तथा मालपोत कार्यालय शुचारु

कोराना भाईरस (कोभिड–१९) का कारण देशमा जारी रहेको लकडाउनले गर्दा सरकारी कामकाज समेत प्रभावित बनेको कारण भूमि ब्यवस्थापन तथा अभिलेख बिभाग काठमाण्डौले सूचना जारी गर्दै भूमि सुधार तथा मालपोत कार्यालयलाई सुचारु गरी बिभागमा जानकारी गराउन निर्देशन दिएको छ ।
आईतवारबाट देश भरिका भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य आवश्यक पर्ने कर्मचारीलाई उपस्थित गर्न गराउन सूचना मार्फत निर्देशन जारी गरेको छ ।
बिगत दुई महिना देखि कोरोना भाईरस (कोभिड–१९) को महामारीले गर्दा अवरुद्ध भएकोले पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीबाट न्यूतम तथा आवश्यक सेवा सुचारु गर्न माँग भई रहेको सन्दर्भमा जेष्ठ २५ गते देखि स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन ब्यवस्थापन तथा अन्य आवश्यक सेवाहरु सुचारु गर्नु हुन निर्देशन दिएकोे छ



