७ कार्तिक २०८१, बुधबार

बैतडीमा कोरोना परीक्षणका लागि आरडिटी किटको अभाव

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार ०२:२६ मा प्रकाशित

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि जिल्लामा आरडिटी किटको अभाव भएको छ । क्वारेन्टिनमा ५ हजार २१ सय जना बसे पनि बैतडीमा ६ सय ९१ मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । सबै स्थानीय तहमा पठाएको समेत उक्त आरडिटी किट र पिसिआर परीक्षण गर्ने भिटिएम किट ४ सय ७ मात्रै रहेको छ ।

क्वारेन्टिनमा अहिले बसिरहेका नागरिक भारतका कोरोनाको प्रभाव उच्च रहेका क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । क्वारेन्टिनमा बसेकाहरुको आरडिटी परीक्षण मात्र नभइ पिसिआर परीक्षण गर्नु पर्ने स्थानीय बताउँछन् । आरडिटीमा नेगेटिभ रिपोर्ट आएकाहरु पनि पिसिआर परीक्षणमा पोजिटिभ देखिएकाले सकेसम्म पिसिआर परीक्षण गर्नुपर्ने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्द बताउँछन् । बैतडीमा हालसम्म दुई हजार ४ सय ५९ जनाको आरडिटी परीक्षण र ५ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लामा भारतबाट फर्कनेको संख्या दिनप्रतिदिन बढदै गए पनि परीक्षण गर्ने किट अभावमा समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए । किटको लागि प्रदेश सरकासँग माग गरिएको उनले बताए । नागरिक बाट सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x