११ श्रावण २०८३, सोमबार

आगजनी भएको बालकोटस्थित निवासको ओलीले गरे अनुगमन

एसीपी संवाददाता

६ कार्तिक २०८२, बुधबार १५:३० मा प्रकाशित

आगजनी भएको बालकोटस्थित निवासको ओलीले गरे अनुगमन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित जलाइएको घर अवलोकन गर्न उनी पहिलो पटक बुधबार पुगेका हुन् ।

ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरेका थिए । ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरु पुगेका थिए ।

शाक्य यस अगाडि गत असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन् ।

ओलीले आगजनी भइसकेको विषय अब सम्झेर बस्न नचाहेको बताउदै आफु यसबाट अगाडी बढ्ने बताए । ओलीले आन्दोलनका क्रममा जो जसको घर जलेकोछ सबैप्रति आफ्नो सहानुभूति रहेको बताए । उनले आफुहरुले आफ्नो निवासको जग्गासहित घर राज्यलाई दिइसकेको अवस्थामा राज्यको सम्पत्ति जलेको बताए ।

बालकोटको घरमा आगजनी भएपछि ओली अहिले भक्तपुरकै गुण्डुमा अस्थायीरुपमा बसिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x