२ श्रावण २०८३, शनिबार

ऐतिहासिक र पर्यटकीय स्थल संरक्षण अभियानमा संचारकर्मी

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार ०५:०१ मा प्रकाशित

कृष्णनगर , कार्तिक १ ऐतिहासिक र पर्यटकीय सम्पदालाई संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा- कर्मा तालकाे अवलोकन गरेका छन ।

दाताले दिएको सहयोगमा पनि भ्रष्टाचार – देउबा

मैनबत्ति जुलुस र विरोध सभा

हिजो प्रेस क्लब अफ कृष्णनगरले दशैकाे अवसरमा शुभकामना अदान प्रदान तथा भोज कार्यक्रम अजिगराकाे तालमा राखेकाे थियाे । ऐतिहासिक महत्वका सम्पदालाई संरक्षण तथा पर्यटकीय रुपमा बिकास गर्ने उद्देश्यले जनप्रतिनिधि र सराेकारवालाकाे ध्यानाकर्षणका लागि स्थानिय संचारकर्मीहरुले नै ध्यानाकर्षण गर्नुपरेकाे क्लबका अध्यक्ष अंकुश श्रीवास्तवले बताउनुभयो । कपिलवस्तु जिल्लाकाे पश्चिममा पनि पर्यटन प्रवर्द्धनका लागि स्थानिय संचारमाध्यमले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जाेड दिद‌ै अजिगराकाे पर्यटकीय रुपमा बिकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्ने संचारकर्मी हरूको भनाई थियाे ।

स्थानीय अनुसार अजिगरा सहिद स्तम्भ धनही प्रथा अनत्य गर्न किसानहरुकाे वलिदानीलाई जीवित राख्न बनाईएकाे ऐतिहासिक स्तम्भ हाे भने अजिगरा ताल नेपालका अन्य तालमा नपाईने जंगली धान(तिन्नी) काे प्रकृतिक उपज स्थलका साथै विभिन्न विदेशी चराहरुकाे प्रजन्न स्थलकाे रुपमा संरक्षणका लागि सबै निकायको ध्यान जान जरूरी रहेको बताए । कार्यक्रममा प्रेस क्लबका काैशल किशाेर यादव, निरहु यादव, मनिष कुमार गुप्ता, सत्येन्द्र मिश्र, देवानन्द ठाकुर , अजय मिश्र, कमलेश चन्द्र गुप्ता, प्रिंस मिश्र, रामप्रकाश चाैधरी,अनेक पाण्डे, प्रतिमा विश्वकर्मा, रमा शंकर तिवारी लगायतका संचारकर्मीहरुकाे उपस्थिति थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x