२ श्रावण २०८३, शनिबार

काठमाण्डौमा मस्जिदमा तोडफोड घटना सुरक्षित छैन् धर्मिक स्थल

एसीपी संवाददाता

९ कार्तिक २०७७, आईतवार ०१:४२ मा प्रकाशित

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेको समूहले डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गरेको हो ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद भूमाफियाको तारोसमेत बन्ने गरेको छ ।निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए ।यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई तनाव दिएको उनले बताए ।

यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका २२ का वडासदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको आरोप लगाइन् ।

शनिबार घटेको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटनाले मुस्लिम समुदायलाई चिन्ता थपिदिएको बताए ।

यो मुसफिर मदिनी मस्जिद ०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

करिब एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रूपमा स्थापित भएको मानिएको यो मस्जिदमा चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x