१२ असार २०८३, शुक्रबार
कुटपिटको विरोधमा प्राध्यापकहरुले गरे उपकुलपतिको कार्यालय घेराउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोधमा प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
बिहीबार नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा प्राध्यापकले उपकुलपति कार्यालय घेराउ गरेका हुन् ।

असोज २० गते कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेपनि तीन दिनसम्म उक्त घटनामा संलग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरु बिरोधमा उत्रिएका हुन् । प्राध्यापकहरुले यस घटनालाई विश्वविद्यालयले गम्भीर रुपमा लिई दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

बिहीबार नै प्राध्यापकहरुले उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन विश्वविद्यालयले पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
- चौतर्फी आएको दबावका कारण सरकार र चिकित्सक संघ बीच डा.केसीको मागका बिषयमा भएको वार्ता सकारात्मक
- डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको आन्दोलन शुरु
- सार्थक वार्ता गर, उधारो होईन





[…] […]