कैलालीमा ईञ्चार्ज असईको हत्या, हत्यामा शंकास्पद व्यक्ति प्रहरीको नियन्त्रणमा
फाईल तस्बिर
कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन ।
कुन बाटो भएर नेपालगंज आउँछ ब्राउन सुगर ?
चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए । आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको छ ।
माओवादीहरू प्रधानमन्त्री ओलीको चरणमा लम्पसार छन्-भट्टराई
महामारीका बिच नेपाल फर्केका नेपालीहरु बेरोजगार
प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ । सुदुरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली यतिबेला घट्नास्थल पुगेको छ । मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।



