२५ आश्विन २०८३, आईतवार

क्रान्तिबाट स्थापित भएको कांग्रेस मूलतः क्रान्तिकै माध्यमबाट पञ्चायत समाप्त गर्‍यो

एसीपी संवाददाता

१६ पुष २०७७, बिहीबार ०८:२६ मा प्रकाशित

आज राष्ट्रिय मेलमिलाप दिवस क्रान्तिबाट स्थापित भएको कांग्रेस मूलतः क्रान्तिकै माध्यमबाट पञ्चायत समाप्त गर्‍यो । २००७ सालमा जस्तो आउटपोस्ट कब्जा गर्न सहज थिएन। राजा समाप्त भए पञ्चायत समाप्त हुन्छ भन्नेसम्मको सोच कांग्रेसमा देखिन्थ्यो। राजा महेन्द्रमाथि जनकपुरमा भएको बम आक्रमण यसको उदाहरण हो। तर भारतमा सर्वशक्तिमान बन्दै गएकी इन्दिरा गान्धी नेपालका सन्दर्भमा उनका बाबु जवाहरलाल नेहरुकै रूपमा प्रकट हुन चाहन्थिन्। नेपाल भारत अधीनस्थ लोकतन्त्रका पक्षमा उनको प्रस्ताव थियो। राजासँगको लडाइँमा कांग्रेस कमजोर पक्कै भएको थियो। तर राष्ट्रियताका पक्षमा नेहरु र माओत्सेतुङसँग समेत सम्झौता नगरेका बिपी कोइरालाले इन्दिराको प्रस्ताव पनि स्वीकार्य नगरेको कांग्रेस के.पी. ओलीले चालेको अलोकतान्त्रिक असबैधांनिक कदम कांग्रेसले स्वीकर्ला भन्नू दिवा सपना देख्नु हो।

ओलिलाई राजीनामा गराउने कोशिसमा चिनियाँ टोलि


प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बिपीको प्रष्ट भनाइ थियो हो आजको कंग्रेस पनि जननायक बि.पी. को बिचार र सिद्धान्त लाई स्वीकार गरेर संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रियताको सवालको मुद्दा लाई लिएर हामी कम्युनिस्ट संग सडकमा संगै हुन्छौं तर असबैधांनिक,अलोकतान्त्रिक, सर्बसत्ताबाद र आधिनायक कम्युनिस्टको विरुद्धमा हामी कांग्रेसीहरु सडकमा जनताको साथमा लिएर एक्लै काफी छौं ।

२०३३ साल आजकै दिन स्वदेश फर्केपछि राजासँगको भेटमा राष्ट्रियताका सन्दर्भमा बिपीको एउटा भनाइ चर्चित रह्यो– यो मुलुक रहेन भने म विराटनगरमा खेती गरेर बसौँला तर तपाईँ कहाँको राजा बन्नुहुन्छ ? हो आज हामी पनि जनता लाई लोकतन्त्र स्वीकार हुँदैन भने हामी कम्युनिस्टको सर्बसत्ताबाद स्विकार्दैनौ बरु हामी किसानको छोरा हामी खेती गरेर बस्छौं ।

अहिले राजतन्त्र छैन तर कम्युनिस्ट तानाशाही प्रष्ट देखिएको छ । र पनि, कांग्रेसले मेलमिलापको नीति सम्झना गरिरहनुको के औचित्य छ ? बिपी कोइरालालाई सम्झना गर्ने यो एउटा उपाय हो भने यसको औचित्य अझ पनि छ। किनकि नेपाली राजनीतिमा कतिपय अवगुण रहे पनि बिपी कोइरालाको स्थान अरु कुनै नेताले लिन सकेन। सिद्धान्त, आदर्श, दृष्टिकोण, अडान कुनै हिसावमा पनि नेपाली राजनीतिमा बिपीसरहको नेता आजपर्यन्त जन्मेन। कांग्रेस आज पनि कतिपय सैद्धान्तिक दर्शनबाट पछि हटिरहँदा बिपीलाई नै बेच्न बाध्य छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शमा बिपीलाई हिजो हिलो छ्याप्नेहरू पनि आज खोट लगाउन सक्ने अवस्थामा छैनन्।

राष्ट्रिय मेलमिलापको सन्दर्भमा हिजो दरवारसँग लडिरहनुपर्दा लोकतन्त्रका मूल्यमा अरु दलसँगको मेलमिलापको औचित्य थियो। संविधानसभामा सहमति कायम रहन नसक्दा मुलुकलाई एक थान संविधान दिनैपर्ने अवस्थामा कांग्रेसको मेलमिलापको अर्थ थियो। राष्ट्रियताका होनाहार पक्षधरहरू मुलुकको बागडोर समालेर बसेका छन् र राष्ट्रियताको प्रमुख संरक्षकका रूपमा आफूलाई परिभाषित गरिरहेका छन्। लोकतन्त्रका लागि कसैसँग मेलमिलाप गर्नुपर्ने अवस्था छैन। बरु लोकतन्त्रलाई संस्थागत गर्न र लोकतान्त्रिक अधिकार गुम्न नदिन खबरदारी गर्नुपर्ने बेला छ। राष्ट्रियताको विषय फेरि पनि बहसमा आउँदा मुलुकका दलबीचको एकता आवश्यक हुनसक्छ। तर यो तत्कालको आवश्यकताका रूपमा प्रकट छैन।

दुईतिहाइ हाराहारीको बहुमतमा सत्ता चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी आहिले ओली सरकार संबिधानमा कु गरियो र यो अलोकतान्त्रिक असबैधांनिक कदम नेपाली कांग्रेस कसैसँग कुनै सहकार्य गर्नुपर्ने आवश्यकता देखिँदैन।

तथापि काँग्रेसले केवल सामान्य औपचारिकतामा सीमित गर्ने गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई यसपटक विशेष महत्व दिएको छ। किनभने नेकपाको दुई तिहाई सरकारले गरेको सर्बसत्ताबाद, ओलीले गरेको कु को विरुद्धमा ७७ वटा जिल्लामा आज बिचार गोष्ठीको कार्यक्रम गरिएको छ। पहिलो, मेलमिलाप कांग्रेसले आफैँंभित्र गर्नु आवश्यक भएको छ। गुट/उपगुटका नाममा कांग्रेसलाई कमजोर होईन अब हामी कांग्रेस लाई शक्तिशाली र राष्ट्रिय र जनताको आभिभावक बनाउने हामी सबैको कर्तव्य हो। त्यसकारण कांग्रेसलाई एकताको सूत्रमा बाँध्नका लागि सम्पुर्ण कांग्रेसका एक हुनुपर्छ ।

कांग्रेस आफू सुदृढ भएको सन्देश दिन पार्टीभित्रका स्वार्थ समूहलाई कमजोर बनाउँदै एउटै स्वार्थका लागि कांग्रेसमा एकता भएको सन्देश दिनु मेलमिलाप दिवसको पहिलो सर्त हुन सक्नुपर्छ। दोस्रो, अहिलेकोे सरकार आफ्नै कारणले टुक्राटुक्रा भएको छ कम्युनिस्ट पार्टीभित्रको विग्रहले वैकल्पिक सरकारको सम्भावना बढाउला तर त्यो अपेक्षा कांग्रेसले राख्न हुँदैन। शायद राखेको पनि छैन। अन्यथा, सरकारले गर्ने हरेक गलत निर्णयको सशक्त प्रतिवादका लागि कांग्रेसले आफ्ना संरचनालाई प्रयोग गर्न सक्नुपर्छ। यद्यपि, यो मेलमिलापको चरित्र होइन। तर लोकतान्त्रिक अधिकारका संरक्षणका लागि यो कांग्रेसको दायित्व हुन आउँछ। किनकिऊ बेला पनि लोकतान्त्रिक अधिकारमा सम्झौता बिपी कोइरालाको मेलमिलापको नीति थिएन । बिनोद थारु महासमिति सदस्य, नेपाली कांग्रेस, बाँके

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x