जेनजी अभियन्ता ढुंगानाले कुनै पनि हिंसात्मक आन्दोलन वा प्रदर्शन गर्ने योजना नरहेको स्पष्ट पारे
काठमाडौं – जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि हिंसात्मक आन्दोलन वा प्रदर्शन गर्ने योजना नरहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा त्यस दिन पुनः हिंसात्मक गतिविधि हुने भनेर फैलिएको त्रासबारे उनले प्रष्ट्याउँदै त्यस्तो हल्ला निराधार भएको बताए।
टिकटकमार्फत भिडियो संदेश जारी गर्दै ढुंगानाले देशमा कायम भएको शान्ति भंग गर्न युवाहरू चाहँदैनन् भन्ने उल्लेख गरे। उनले भने, “हामी शान्तिपूर्ण रूपमा केही गर्न सक्नेछौं, तर हिंसात्मक गतिविधि हुनु हुँदैन। एजेन्डाबिनाको आन्दोलनको कुनै अर्थ छैन।”
उनका अनुसार हाल आन्दोलन गर्ने औचित्य छैन। माग पूरा नभए विभिन्न माध्यमबाट दबाब दिन सकिने भए पनि हिंसा स्वीकार्य नहुने उनको भनाइ छ। उनले हालैको आन्दोलनलाई सङ्केत गर्दै उदाहरण स्वरूप भने, “८ अक्टोबरमा मुसा मार्न गएका थियौं, बाघ मारेर ल्यायौं। अब बाघ बोकेर ल्याउन सकिँदैन।”हिमालपत्रीका



